झापा : झापामा २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका १ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया