लामो समय देखी तलब र महँगी भत्ता नपाएको बेलबारीका कर्मचारीहरूको गुनासो

मंगलबार, १५ असोज २०८१
बेलबारी । मोरङको बेलबारी नगरपालिकाको स्वास्थ्य शाखा सहित बेलबारी १ मा सञ्चालित नगर अस्पतालमा कार्यरत कर्मचारीहरूले विगत ४ महिनादेखि तलब नपाएको र वर्षौँदेखि महँगी भत्ता समेत नपाएको गुनासो गरेका छन् । अन्य शाखाका कर्मचारीहरूले तलब पाईरहेपनि स्वास्थ्यका कर्मचारीहरूको तलब ४ महिनादेखि रोकिएको गुनासो गरेका हुन् । लामो समय देखी तलब रोकिँदा समस्या भएको कर्मचारीहरूले बताए । अन्यत्र कर्मचारीहरूले महँगी भत्ता पाउने गरे पनि बेलबारीमा महँगी भत्ता समेत नपाएको उनीहरूको गुनासो रहेको छ । महँगी भत्ता माग गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरूले नगरपालिकालाई पत्र समेत दिएका छन् । महँगी भत्ता दिनका लागि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा ९कोइराला० लगायतले तोक आदेश समेत दिएको तर भत्ता नपाएको उनीहरूको गुनासो रहेको छ । पटक पटक आफूहरूले भत्ता पाउनुपर्ने माग राखेको र निवेदन पनि दिएको तर भत्ता नपाएको उनीहरूको गुनासो रहेको छ । ऐनमा स्थायी तथा करार सबे कर्मचारीहरूले भत्ता पाउने कुरा उल्लेख रहेको छ । भत्ता रोकिएको विषयमा बेलबारी नगरपालिकाकी लेखा अधिकृत धनमाया राईसँग बुझ्दा उनले प्रदेशको ऐनमा महँगी भत्ता दिनुपर्ने उल्लेख गरिएको भए पनि सङ्घले भत्ता नदिनु भनी पत्र पठाएका कारण भत्ता रोकिएको बताइन् । नियम विपरीत भत्ता दिन नमिल्ने र दिएमा बेरुजु देखिने उनको तर्क रहेको छ । उनले स्वास्थ्य शाखामा मात्र नभएर कुनै पनि शाखामा कार्यरत कर्मचारीहरूले महँगी भत्ता नपाएको बताईन । कर्मचारीहरू भने तोक लागेको भत्ता समेत रोकिएको भन्दै आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार