इलाममा एक महिलाले लगाइन् आफ्नै शरीरमा आगो , अवस्था गम्भीर

मंगलबार, १५ असोज २०८१
इलाम । इलाममा एक महिलाले शरीरमा आगो लगाएर आत्मा दाहको प्रयास गरेकी छन् । झापा अर्जुनधारा ४ राते खालकी करिब २३ २४ वर्षीय मिना मगरले शरीरमा आगो लगाएकी हुन । आज बिहान उनले इलाम बजार नजिकै शरीरमा कपडा राखेर आगो लगाएकी हुन । इलाम बजारमा नै खाजा घर सञ्चालन गर्दै आएका टीकाराम घिमिरे र प्रमीला दुलालकोमा बस्दै आएकी उनले शरीरमा आगो लगाउँदै गरेको देखेपछि इलाम अस्पताल लगिएको थियो । इलाम अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागी झापाको भद्रपुर पठाइएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी मानबहादुर राईले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।  के कारण घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । आगोले उनी बेहोस भएकाले थप जानकारी आउन नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार