दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

मंगलबार, १५ असोज २०८१
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबिनीमा दुर्घटनामा परेर घाइते भएका १ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक खण्डमा को १ ज ८९६७ नम्बरको पिकअप गाडी र मे ६ प ९८७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर गत शनिबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार मिक्लाजुङ–४ का २८ वर्षीय लिखमल तामाङ र २८ वर्षीय छवि मगर गम्भीर घाइते भएका थिए । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले घाइतेमध्ये तामाङको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मंगलबार बिहान ९ः४० बजेतिर मृत्यु भएको जानकारी दिए । उनका अनुसार अर्का घाइतेको उपचार भइरहेको छ । दुर्घटनालगत्तै प्रहरीले पिकअप र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४१ वर्षीय गंगाराम अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । उनीविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार