विराटनगर : मोरङको बेलबारी नगरपालिका–८ त्रिवेणीस्थित कुलोमा नाबालकको शव फेला परेको छ ।
स्थानीय सुरेश चौधरीका २ वर्षीय छोरा कात्तिक चौधरीको शव घरनजिकै रहेको कुलोको पानीमा फेला परेको हो ।
कुलोमा डुबेर नाबालकको मृत्यु भएको खबर प्रहरीले बुधबार बिहान १० बजेतिर प्राप्त गरेको थियो ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया