बाढी पहिरोका कारण पाँचथरमा आठको मृत्यु , तीन जना अझै बेपत्ता 

विहीबार, १७ असोज २०८१
पाँचथर । बाढी पहिरोबाट पाँचथरमा आठ जनाको मृत्यु भएको छ । बाढीले बगाएका मध्ये दुई जनाको शव फेला परेको छ । बेपत्ता भएकी ४९ वर्षीय थुममाया योङया र ५३ वर्षीय कमला भनिने निर्मला राईको शव भेटेर सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनीलाल शाहका अनुसार निर्मलाको शव तमोर नदिको मुलघाटमा र योङया तमोरको तेह्रथुमको फेला परेको थियो । बाढी पहिरोका कारण यस अघि २४ वर्षीय पेम्बि शेर्पा, ४ वर्षीय प्रिन्सी राई, ५१ वर्षीय गोपी विश्वकर्मा , ८२ वर्षीय पास्तेम्बा शेर्पा, ३८ वर्षीय रञ्जना राई, ७२ वर्षीय नरेन्द्र चेम्जोङको मृत्यु भएको थियो । अझै तीन जना बेपत्ता रहेका छन् । फिदिम(१ कि २१ वर्षीय सरस्वता पन्धाक, ५० वर्षीय कृष्ण दास र फालेलुङ-५ कि ३६ वर्षीय कमला राई अझै बेपत्ता छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार