ताप्लेजुङ :ताप्लेजुङबाट पेस्तोलसहित एक एक जना पक्राउ परेका छन् ।
ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ ओइराबु बस्ने २० वर्षीय उदय पन्थलाई अटोमेटिक पस्तोल १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया