वैकल्पिक मार्गबाट खुलाइयो मेची राजमार्गको फिदिम–इलाम खण्ड

शनिबार, १९ असोज २०८१
पाँचथर : असोज १२ गतेदेखि अवरुद्व मेची राजमार्गको फिदिम–इलाम खण्ड अन्तर्गत फिदिम २ को रमितेमा गएको पहिरोका कारण अवरुद्व यातायात शुक्रबार अपराह्नदेखि खुलाइएको छ । फिदिम नगरपालिकाले रमिते गोलाईदेखि मजिटे हु‘दै भण्डारी गोलाई सम्मको पुरानो बाटोको स्तर उन्नती र सरसफाई गर्दै ६ दिनदेखि अवरुद्व सडक खुलाएको हो । फिदिम २ रमिते भ्यू टावर माथिदेखि खसेको पहिरोका कारण मेची राजमार्ग असोज १२ देखि अवरुद्व थियो । अवरोध पन्छाउन सडक डिभिजन इलामले निरन्तर प्रयास गरिरहेपनि छिन–छिनमै पहिरो लड्दा बाटो खुल्न सकेको छैन । यसैबीच फिदिम नगरपालिकाले निरन्तर १८ घण्टा स्काभेटर लगाएर वैकल्पिक सडक तयार गरेको हो । करिब साढे दुई किलोमिटर सडकको स्तरबृद्वि गर्दै बाटो खुलाइएको नगर प्रमूख मित्रप्रसाद काफ्लेले जानकारी दिए । वैकल्पिक मार्ग खोलिएसँगै ६ दिनदेखि फिदिम २ को सामदिन, रमिते र भण्डारी गोलाइ क्षेत्रमा रोकिएका सवारी गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार