चेकजाँचको क्रममा हालसम्म प्रतिबन्धित लागूऔषध ट्याबलेट ट्रामाडोल १५ हजार बरामद गरिएको छ भने लागूऔषधसहित दुई जना मानिस र एउटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जबेगुले बताए । चाडपर्वको समयमा हुनसक्ने सम्भावित खतरालाई न्यूनीकरण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको उनको भनाइ छ ।
चाडपर्वमा सवारी साधनहरूमा लुकाइ छिपाइ बिष्फोटक पदार्थ, लागूऔषध तथा अवैध हातहतियारसमेत ओसारपसार हुनसक्ने सम्भावना भएकोले यात्रुहरूको सुरक्षासमेतलाई ध्यानमा राखेर चेकजाँच गर्दै आएको डीएसपी जबेगुले बताए ।
उनकाअनुसार साथै, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उल्लघंनजस्ता क्रियाकलाप हुनसक्ने साथै मानिसहरूको बढी भीडभाड हुने स्थानहरू, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, बैंक तथा सुन पसलमा उच्च निगरानी राखिदैँ आएको छ ।
प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा १० जना, कोशी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक यमबहादुर श्रेष्ठको कमाण्डमा ५ जना, २ वटा तालिम प्राप्त कुकुर र ट्राफिक प्रहरीको टोलीसहित जम्मा १६ जनाको संयुक्त टोलीले धरानको सीमा नाकाको स्थानहरूमा साना तथा ठूला सवारी साधनहरूमा कडाइका साथ नियमित चेकजाँच गरिरहेको बताइएको छ ।
प्रतिक्रिया