जनकपुरधाम : जनकपुरधामस्थित पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेरका अज्ञात पुरुषको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनको पहिचान खुलिसकेको छैन ।
घटनाको खबर पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
हाल मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया