धनुषामा वडाध्यक्षको हत्या आरोपमा पक्राउ परेका दुईजना कारागार चलान

मंगलबार, ०६ कार्तिक २०८१
धनुषा : वडाध्यक्षको हत्या आरोपमा पक्राउ परेका दुईजना कारागार चलान भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना कारागार चलान भएका हुन् । वडाध्यक्ष यादवको ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका महोत्तरीको औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल पुर्पक्षका लागि कारागार चलान भएका हुन् । मंगलबार महोत्तरी जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए । नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी भएका मुकेश सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गते बिहान जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार