बाराको महागढीमाईमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

आइतबार, ११ कार्तिक २०८१
कलैया : बारामा शनिवार साँझ धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ सेमरा तेगछीयामा अज्ञात समुहले विभत्स रुपमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ । सोही वडा स्थित सेमरा तेगछीयामा नयका टोल बस्ने ५० वर्षिय श्रीनारायण यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । यादव माथि साँझ करिब ७ बजेतको आसपासमा अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको प्रहरीले भनाई छ । उनको शरीरको मेन्डिबल, घाँटी र कानको दाईने पटिमा ३ पटक धारिलो हतियार प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यादवको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार