स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सोमबार, १२ कार्तिक २०८१
रौतहट : रौतहटमा स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार