चिसो सुरू भएपनि इलाममा अझै डेङ्गुको त्रास

सोमबार, १२ कार्तिक २०८१
इलाम : पहाडी जिल्लामा चिसो सुरू भइसकेको छ । तर पनि लामखुट्टेबाट सर्ने रोग डेङ्गुको त्रास कायमै रहेको छ । कात्तिक साता बिते पनि रोगको त्रास अर्कै कायमै रहेको छ । अस्पतालमा आएका बिरामीहरूमा अझै पनि यसको संक्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामका सूचना अधिकारी विमल बरालले बताए । उनका अनुसार कात्तिक महिना लागेपछि पनि तीन जनामा डेङ्गु संक्रमण देखिएको छ । अस्पतालको तथ्याकंअनुसार गएको साउन महिना यता १९ जनामा डेङ्गुको संक्रमण देखिएको छ भने ११ जनामा स्कप टाइफस देखिएको छ । अस्पताल आएका कतिपय बिरामी जिल्लामै उचपार गरेर घर फर्कने गरेका छन् भने कतिपय झापाका अस्पतालमा रेफर गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताए । उनका अनुसार इलाम नगरपालिका बाहेक जिल्लाका अन्य पालिकाहरूमा पनि फाटफुट रुपमा डेङ्गुका बिरामी भेटिने गरेका छन् । अझै पनि डेङ्गुको त्रास कायमै रहेकाले सरसफाइमा ध्यान पुु¥याउन चिकित्सकले सुझाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार