बेलबारीको एक फर्निचरमा आगलागी हुँदा १५ लाखको क्षति

बुधबार, १४ कार्तिक २०८१
विराटनगर । मोरङको बेलबारीमा रहेको एउटा फर्निचरमा मंगलबार राति आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । बेलबारी नगरपालिका–७ नहर चोकमा गणेश भनिने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको गणेश काष्ठ उद्योग नामको फर्निचरमा राति १० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । चौधरीका अनुसार आगोले काठबाट बनेका दराज, पलङसहित फर्निचरका सामान राखिएको घर जलेर ध्वस्त भएको छ । प्रहरीले आगलागीमा १५ लाख बराबरको क्षति भएको जनाएको छ । प्रहरीका अनुसार स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न बाँकी छ । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार