राप्रपा सांसद कार्कीको प्रश्नः ‘नेपाल तस्करहरुको ट्रान्जिट पोइन्ट बनेको हो?’

बुधबार, ०६ चैत्र २०८१
काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरिन् । यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको उनको भनाइ छ । उनले भने,’भ्रष्टाचारमा नेपालले नयाँनयाँ कीर्तिमान कायम गरिराखेको छ । र हामी ठगीको उपाधिबाट घोषित भएका छौं । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु र सरकारलाई खबरदार भन्न चाहन्छु । सरकारले देशलाई कहाँ पुयाउन खोजेको हो ?’ उनले यस्तै अवस्था भए सरकार मात्रै नभई देश नै खतरामा पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार