आफू निर्वाचित भएमा लायन्स लाई थप उचाइमा पु¥याएर एक ढिक्का बनाउने दाबी बरालले गरेकी छिन । उनी भन्छिन्, ‘महिलाको आवाज उठाउनका लागि पनि महिलाको नेतृत्व आवस्यक्ता पर्ने भएकाले यहाँ भित्रका विकृति विसङ्गतिका विरुद्धमा मेरो उम्मेदवारी रहेको छ ।’ उनले मतदाता र सबै लिडरको सिर नझुक्ने गरी सबैले गर्व गर्ने गरि काम गरेर सी लाई एक ढिक्का बनाउने समेत प्रतिबद्धता गरिन् । लायन्स एक स्वतन्त्र सामाजिक संस्था रहेको उल्लेख गरेकी उनले ३२५ सि लाई सेवाका हात अगाडि बढाउन र आवश्यक्तामा लायन्स पुग्ने कुरामा उनले विश्वस्त दिलाएकी छिन् । सो कार्यक्रममा लायन्स ३२५ सी का पहिलो गभर्नर फुलकुमार लालवानी, पूर्व गभर्नर रेतबहादुर कार्की, भीम घिमिरे लगायत यस डिस्ट्रिकका क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।प्रदेशखबरसंगको कुराकानीका क्रममा बराल भन्छिन्,‘संस्थामा महिलाको प्रतिनिधित्वका साथै संस्थालाई उत्तरदायी ढङ्गका साथ सञ्चालन गर्नका लागि मैले मेरो उम्मेदवारी प्रस्तुत गरेकी हुँ । म यो डिस्ट्रीक्टमा उम्मेदवारी दिने पहिलो महिला भएको ले सबै लिडर र अध्यक्ष अनि मतदातासँग सर्वसम्मतका लागि अपिल र अनुरोध गर्दछु ।’
बिहीबार इटहरीमा भएको कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रीक गर्भनरका लागि रमेशकुमार खत्रीले समेत सोही पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सम्मेलनका लागि गभर्नरमा बवरजङ्ग थापाको एकल दाबी रहेको छ । यस्तै प्रथम भाइस डिस्ट्रीक गभर्नरका लीला चिमोरिया समेतको एकल दाबी रहेको जनाइएको छ भने आइडी इन्डोर्सीको उम्मेदवार रेवत बहादुर कार्की र लिला ढुङेल मैदानमा छन् ।
विश्वभरि छरिएर रहेको लायन्समा ३२५ सी अन्तरगत १५४ क्लबका २८०० सदस्य रहेका छन् ।
यस्ता छन् अजिताका अठार प्रतिबद्धता :
प्रतिक्रिया