उनका श्रीमान् भूपू प्रहरी हुन्, जो हाल पनि यही पेसामा संलग्न छन् । उनी उत्पादन भएका वस्तुहरू चुलाचुलीका घना बस्तीमा लैजाने गर्छन्, जहाँ डुलाएर बेच्नुपर्दैन र राम्रो मूल्य पाइन्छ ।
१७ वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न भण्डारीले हालै मात्र सरकारी अनुदान कार्यक्रममा स्थान पाएको बताइन् । 'दिपज्योती कृषि फर्म' सञ्चालन गर्दै आएकी उनले बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी हुने बताइन् । उनी जैविक खेतीमा विशेष जोड दिँदै आएका छन् र गाई–बाख्राको मल प्रयोग गरेर कृषि उत्पादन गरिरहेकी छन् ।
झापाको पाडाजुँगी क्षेत्रमा उनका उत्पादनहरू सबैभन्दा बढी बिक्री हुने गरेका छन् । बिहान बजारमा डुलाएर बिक्री गर्ने र बेलुका पसलहरूमा सस्तो मूल्यमा बिक्री गर्ने उनको चलन छ ।
उनको कृषि व्यवसायले अन्य १० जनालाई समेत सिजन अनुसार रोजगारी दिएको छ । कहिले घण्टाको आधारमा त कहिले दैनिक ज्यालादारीमा कामदार राख्ने गरिएको छ । प्रेसर, सुगर भएका व्यक्तिहरू लौका स्वास्थ्यका लागि लाभदायक भएको भन्दै उनको घरमै आएर किन्ने गरेका छन् ।
लौकाको मात्र होइन, बोडी, काँक्रा, सिमी लगायतका बिउ समेत बिक्री गरिरहेकी भण्डारीका अनुसार लौकाको बिउबाट राम्रो फाइदा लिन सकिन्छ । ५० रुपैयाँमा तीन वटा बिउ घरमै बिक्री हुने र अन्य कृषिबिउ विक्रेताहरूले समेत उनलाई बिउको अर्डर गर्ने गरेका छन् । विशेष गरी ध्वाँसे र घिउ लौकाको माग राम्रो भएकाले बिक्री गर्न कुनै कठिनाइ नहुने उनको भनाइ छ ।
कृषिमा समर्पित भण्डारी सिजन अनुसारको खेती मात्र नभई आधुनिक प्रविधि अपनाउँदै बेमौसमी खेतीमार्फत आफ्नो व्यवसाय अझ विस्तार गर्ने योजनामा छन् ।
प्रतिक्रिया