फोहर नउठाउने महानगर र धम्क्याउने संघीय सरकार दुवै सच्चिनुपर्छ : कोइराला

विहीबार, ३० चैत्र २०७९
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौँ महानगरपालिकाले सिंहदरबारलगायत संघीय सरकारका कार्यालय क्षेत्रको फोहर नउठाउनु अराजकता भएको बताएका छन् । नेता कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
उनले जिम्मेवार तहको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन् । ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,’ उनले भनेका छन्, ‘जिम्मेवार तहको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ ।’ उनले महानगरप्रति संघीय सरकारले पनि धम्कीको भाषा प्रयोग गरेको र उक्त कार्य सिंहदरकाले स्थानीय निकायलाई कसरी हेर्छ भन्ने कुराको प्रतिपिम्ब भएको बताएका छन् । ‘अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो,’ उनले भनेका छन्, ‘दुवै सच्चिनु पर्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार