देवानगञ्जमा गोली चल्यो, शिवकुमार गम्भीर घाइते

सोमबार, ०१ बैशाख २०८२
विराटनगर : सुनसरीको देवानगञ्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको प्रहरीले जनाएको छ । उनी पिन्टु मेहताले चलाएको मोटरसाइकको पछाडि सवार रहेका थिए । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट कामेश्वर यादवले गोली हानेको खुलेको छ । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले कुन हतियारबाट गोली प्रहार गरेका हुन् भनेर यकिन भइसकेको छैन । पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ । शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको पुष्टि गरे । घटनाका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी उनले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार