काठमाडौँमा शिक्षकहरूको प्रदर्शन[/caption]
प्रयोग नै गर्न नमिल्ने गाडी लिएर शिक्षकले हिँडे भने ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउन सक्ने उनको भनाइ छ । विद्यालय सञ्चालन निर्देशिका, २०७२ ले पनि विद्यालयको सवारीसाधन दुरुपयोगमा रोक लगाएको पन्थी बताउँछन् ।
पोखरिया माविका प्रधानाध्यापक भट्टराईले सरकारी स्कुलको गाडी आन्दोलनमा लैजान नपाउने विषय कतै पनि उल्लेख नभएको बताए । ‘टाढा–टाढा शैक्षिक भ्रमणमा लैजान सकिन्छ । हामीले पोखरा र बुटवलमा पनि लग्यौँ । विद्यार्थीलाई पठनपाठनमा असर नपर्ने गरी प्रयोग गरिएको हो । यसलाई अन्यथा मान्न हुँदैन,’ उनले भने ।
कसैले भन्यो भने सार्वजनिक बिदाका दिन पनि प्रयोग गर्न दिने गरिएको भट्टराईको भनाइ छ । ‘विद्यालयको गाडी सार्वजनिक काममा प्रयोग गर्न सकिन्छ । हामीसँगै भएको स्रोत साधन प्रयोग गरिएको हो । शिक्षकको आन्दोलनलाई ‘सपोर्ट’ होस् भनेर लिएर गएका हौँ,’ उनी भन्छन् ।
आफूहरूलाई काठमाडौं पुर्याएर गाडी फर्किने भट्टराईले बताए । भने, ‘विद्यालय लागेका बेला विद्यार्थी बोक्न छाडेर हिँडेको भए पो दुरुपयोग हुन्थ्यो ।’ यातायात शुल्कबापत १ जना विद्यार्थीसँग वार्षिक ७ देखि ९ हजार रुपैयाँसम्म लिन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया