धरान : धरानबाट १५ किलोग्राम लागू औषध गाँजासहित एक युवक मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो करिब १ः५० बजे धरान उपमहानगरपालिका–४ स्थित लामाचौरमा चेकजाँचको क्रममा युवकलाई नियन्त्रणमा लिइएको हो।
धनकुटाबाट धरानतर्फ आइरहेको बा. ४२ प. ९८३६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले शंका लागी रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको रातो जेब्रा झोलाभित्र सेतो प्लास्टिकमा प्याक गरिएको १५ किलो गाँजा फेला परेको थियो।
प्रहरीले मोटरसाइकल चालक धनकुटा चौबिसे गाउँपालिका–३ घर भएका १९ वर्षीय सुजन राईलाई पक्राउ गरी लागू औषधसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ।
हाल पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका युवक गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया