सिंगापुरमा विनोद चौधरी र बिल गेट्सबीच भेट, नेपाली स्वास्थ्य र रोजगारीबारे छलफल

मंगलबार, २३ बैशाख २०८२

काठमाडौं । नेपालका धनाढ्य एवम् सांसद विनोद चौधरीले विश्वका धनाढ्य एवम् माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्।

चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा गेट्ससँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे छलफल भएको बताइएको छ ।

चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलीयो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने बिषयमा छलफल भएको जानकारी दिए।

छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि संचालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने बिषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार