चितवनमा स्काइवेल ईभीका लागि एचथ्रीआर मोटर्स आधिकारिक बिक्रेता, सुरु भयो बुकिङ

मंगलबार, २३ बैशाख २०८२

चितवन : चिनियाँ प्रिमियम इलेक्ट्रिक गाडी निर्माता स्काइवेल ईभी अब चितवनका ग्राहकका लागि अझ नजिकिएको छ। एचथ्रीआर मोटर्स स्काइवेलको चितवन क्षेत्रको आधिकारिक बिक्रेताका रूपमा नियुक्त भएको छ।

स्काइवेलको नेपालस्थित आधिकारिक वितरक जी मोटर्सले सोमबार भरतपुर, चितवनका लागि एचथ्रीआरलाई बिक्रेता घोषणा गरेको हो। यससँगै चितवनमै स्काइवेलका सवारी साधनको बुकिङ सुरु भइसकेको छ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार, एचथ्रीआर मोटर्सले सोमबारदेखि औपचारिक रूपमा व्यापारिक सेवा सुरु गरिसकेको छ। शोरुम निर्माण तीव्र गतिमा भइरहेको छ र केही दिनमै सेवा सञ्चालनमा आउनेछ।

शोरुम उद्घाटनकै दिन एचथ्रीआर मोटर्सले पहिलो ग्राहक कृष्ण रेग्मीलाई स्वागत गर्दै ५२० किलोमिटर रेन्ज दिने बीई११ मोडलको बुकिङ गरिएको जानकारी दिएको छ।

गेलालले भने, “अब चितवन क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, बुकिङ र खरिदको सुविधा एचथ्रीआर मोटर्सबाट सहज रूपमा पाउनेछन्। साथै, बिक्रीपछिको सेवा र पार्ट्स पनि सर्वसुलभ रूपमा उपलब्ध हुनेछ।”

विद्युतीय सवारीको भविष्यलाई साथ दिँदै, स्काइवेल ईभी चितवनबासीका लागि एक नयाँ यात्रा सुरु गर्न लागिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार