विराटनगर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा भएका कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई शुक्रवार बिदाइ गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक कार्यक्रममा बिच उनलाई बिदाइ गरेका हुन् ।
२०८० माघमा कोशी प्रदेशमा निमित्त प्रदेश सचिवको जिम्मेवारी सम्हालेका शर्माले कोशी प्रदेशको प्रमुख सचिव हुँदै १ वर्ष ३ महिना बिताए । प्रदेश सरकारको प्रमुख सचिवका रूपमा कार्यकाल निर्विवादित रहेको र स्वच्छ छविको प्रशासकका रूपमा कोशी प्रदेशमा सेवा गरेको भन्दै मुख्यमन्त्री कार्कीले शर्माको प्रशंसा समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख सचिव शर्माले अनुभव र कार्यका दृष्टिले कोशी प्रदेशको बसाई सुखद भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया