दोहा : इरानले कतारको राजधानी दोहामा अवस्थित अमेरिकी वायुसेना आधार शिविर अल उदैद एयर बेसुमा मिसाइल आक्रमण गरेको छ। इरानी सरकारी टेलिभिजनमार्फत आक्रमणको पुष्टि गर्दै अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तरु क्याप्सनसहितको भिडियो प्रसारण गरिएको बेलायती समाचार संस्था द गार्डियनले जनाएको छ।
इरानी टेलिभिजनमा सैन्य ब्यान्डको धुनसहित आक्रमणको दृश्य देखाइएको थियो, जसमा अमेरिकी फौज लक्षित गरिएको दाबी गरिएको थियो।
कतार सरकारले यस घटनालाई सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन भन्दै कडा शब्दमा प्रतिक्रिया दिएको छ।
अमेरिकी रक्षा विभाग (पेन्टागन) ले घटनाको पुष्टि नगरे पनि आक्रमणबारे जानकारीमा आएको उल्लेख गर्दै विवरण संकलन गरिरहेको जनाएको छ। अमेरिकाले आफ्ना सैनिक र नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
घटनाको केही समयअघि कतार सरकारले राजधानी दोहाको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो।
प्रतिक्रिया