जबरजस्ती करणीको अभियोगमा फरार अभियुक्त इलामबाट पक्राउ

शुक्रबार, १२ बैशाख २०८२

इलाम : जबरजस्ती करणीको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्ने व्यक्ति इलाम नगरपालिका १२ साङरुम्बाका २४ वर्षीय बुद्धिराज लिम्बु (मनोज) रहेका छन्, जो हाल देउमाई नगरपालिका ७ सिद्धिथुम्कास्थित ससुरालीमा बसोबास गर्दै आएका थिए ।

उनीमाथि २०८१ साल असार १८ गते इलामकी एक २० वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि फरार रहेका लिम्बुलाई प्रहरीले निरन्तर अनुसन्धान र निगरानी पश्चात् पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पश्चात् उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार