प्रकाशमान जङ्गिए पछि आसनबाट उठे कान्छाराम

मंगलबार, १० असार २०८२

काठमाडौँ :  सहरी विकासमन्त्री प्रकाशमान सिंह संसदमा जङ्गिएपछि रामेछापबाट निर्वाचित सांसद कान्छाराम तामाङ प्रतिनिधिसभाको बैठकमा आक्रोशित हुँदै आसनबाट उठेका छन्।

विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले रामेछापका सांसद कान्छारामप्रति असन्तुष्टि पोखेका थिए। उनले कान्छारामले कुरै नबुझी ठुल्ठुला कुरा गरेको आरोप लगाए। मन्त्री सिंहले भने, “रामेछाप जिल्लाकै कुरा गरौँ, माननीयज्यूले ठुलो स्वरमा कुरा गर्नुभएको छ। तर मन्त्रालयको कुल बजेटको ०.७ प्रतिशत, ८४ करोड ४७ लाख रुपैयाँ रामेछापकै लागि विनियोजन गरिएको छ।”

उनले आलोचना गर्नुको औचित्य नरहेको स्पष्ट पार्दै रामेछापको जनसंख्या अनुपातअनुसार बजेट विनियोजन भएको दाबी गरे। मन्त्री सिंहको टिप्पणी लगत्तै सांसद कान्छाराम तामाङ जुरुक्क उठे र बोल्न खोजे। मन्त्री अझै बोलिरहेकै बेला उनी हात उठाउँदै प्रतिकार जनाउन खोजे तर नजिकै रहेका सांसदहरूले उनलाई बस्न आग्रह गर्दै रोके।

यसअघि सांसद कान्छारामले रामेछापलाई बजेट नदिइएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै ‘आगामी वर्षको बजेट प्रस्तुत गर्दा प्रकाशमान सिंह संसदमा नदेखिऊन्’ भनी भगवानसँग प्रार्थना गरेको अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार