इटहरी : सुनसरीको इटहरीका कमल घिमिरे ६ वर्षदेखि पल्सर मोटरसाइकल चढ्दै आएका थिए। माइलेज राम्रै भएकाले उनी सन्तुष्ट थिए,तर पुरानो बाइक बिक्री गरेर नयाँ किन्नुपर्ने सोच भने एक वर्षअघिदेखि मनमा थियो। यद्यपि सोच मात्र थियो,कार्यान्वयन भने हुन सकेको थिएन।
तर जब इटहरीमै पहिलो पटक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले 'बजाज ग्रान्ड एक्सचेन्ज मेला' आयोजना गर्यो, कमलले त्यो लामो समयदेखि मनमा रहेको इच्छा पुरा गर्न सके।“पुरानो बाइकको पनि मैले सोचेको दाममा बेच्न पाए,” मुस्कुराउँदै उनले भने,“नयाँ त लिनै पर्यो नि!”
कमल मात्र होइनन्,बजाज मोटरसाइकलका अरू पारखीहरू पनि यो मेलाबाट लाभान्वित भइरहेका छन्।अर्का ग्राहक पुरुषोत्तम राई भन्छन्,“बजाजले यसअघि इटहरीमा यस्तो कार्यक्रम गरेको थिएन।अहिलेको यो मेला इटहरीका लागि सुनौलो अवसर हो।”
असार ८ गतेदेखि सुरु भएको यो मेला असार १३ गतेसम्म इटहरी मिलनचोकस्थित अटो सिटी शोरुममा सञ्चालन हुनेछ।
बजाज अटो सिटीका निर्देशक जतिन सन्थलियाका अनुसार, ग्राहकहरूले आफू सँग भएको कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल बुझाएर बजाजका नयाँ बाइकहरू विशेष छुट, सहज किस्ता योजनासहित फाइनान्स सुविधामा खरिद गर्न सक्नेछन्। मेलामा करिब २० प्रकारका मोडलहरू उपलब्ध छन्, जुन साटासाटमा उचित मूल्यमा दिने व्यवस्था मिलाइएको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का नेशनल सेल्स हेड वासु श्रेष्ठ भन्छन्,“यो आर्थिक वर्षमा हामीले देशका प्रमुख सहरहरू नेपालगन्ज,वीरगन्ज,विराटनगर,बिर्तामोड लगायतमा ग्रान्ड एक्सचेन्ज अफर आयोजना गरिसकेका छौँ।” उनका अनुसार, यस्ता कार्यक्रमहरूबाट ८ हजारभन्दा बढी नयाँ ग्राहकहरू बजाज परिवारमा थपिएका छन्।
श्रेष्ठ भन्छन्, “ग्राहकले आफूले चढिरहेको पुरानो बाइकको अपेक्षित मूल्य पाउने भएकाले यो मेला सबैका लागि आकर्षण बनेको छ।”
यसरी, बजाज ग्रान्ड एक्सचेन्ज मेला नाफा मात्र होइन, ग्राहकको सपना पुरा गर्ने अवसरका रूपमा स्थापित भइरहेको छ। मोटरसाइकल परिमार्जन गर्न चाहनेका लागि यो मेला एउटा स्वर्ण अवसर साबित हुने निश्चित छ।
मेलाका मुख्य विशेषताहरू :
शून्य सर्भिस चार्ज
एकै घण्टामा अन द स्पट लोन पास
निःशुल्क एसेसरिज
पुरानो बाइकमा विशेष मूल्याङ्कन : थप १० हजार रुपैयाँ बोनस
वार्षिक कर (२०८२/८३) निःशुल्क
सबै नयाँ मोडलमा आकर्षक छुट
कम्पनीका अनुसार, मेलामा ग्राहकका पुराना बाइकको मूल्याङ्कन अनुभवी भ्यालुएटरहरूले गर्नेछन् । मूल्याङ्कन अनुसार ग्राहकले कम्पनीको तर्फबाट १० हजार रुपैयाँसम्म बोनससमेत प्राप्त गर्न सक्नेछन् ।
जुनसुकै ब्रान्डका बाइक वा स्कुटर लिएर एक्सचेन्ज मेलामा आउन सकिने र मूल्यका आधारमा नयाँ बजाज बाइक सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज मेलामध्ये एक रहेको कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रिया