यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न

डिजिटल बीमा सेवालाई विशेष प्राथमिकता दिने रणनीति

सोमबार, ३० असार २०८२

काठमाडौँ : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार राजधानीको अम्रपाली ब्याङ्क्वेट,भाटभटेनीमा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात,नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतका दस्ताबेजहरू पारित गरेको छ ।

सञ्चालक समितिबाट पेस गरिएका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएका छन् ।

हाल कम्पनीले ६ वटा प्रादेशिक कार्यालय, ३९ शाखा, ४३ उपशाखा, १५ बीमा काउन्टर तथा ६ वटा तेस्रो पक्ष बीमा काउन्टर मार्फत वर्षभरि सातै दिन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कम्पनीले आगामी दिनमा डिजिटल इन्स्योरेन्सलाई विशेष प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ ।

यस अन्तर्गत सूचना प्रविधिमा थप लगानी गर्दै अनलाइन पोलिसि जारी गर्ने प्रणाली, सेवा चुस्त बनाउने रणनीति र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने योजना अघि सारेको छ ।

इन्स्योरेन्स दाबीहरूको छिटो फर्छ्यौट गर्ने, सेवा विस्तार गर्ने तथा बीमितलाई सहजता दिने कार्यलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार