नेपालमा एमजीको प्रिमियम इलेक्ट्रिक गाडी ‘आईएम ६’ सार्वजनिक

शनिबार, १७ साउन २०८२

काठमाडौँ : नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक गाडी ‘आईएम ६’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत एमजी ब्रान्ड अन्तर्गतको यो अत्याधुनिक ईभी नेपालमा भित्रिएको हो।

एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘आईएम ६’ सार्वजनिक गर्दै नेपाली इलेक्ट्रिक मोबिलिटी बजारमा नयाँ अध्याय सुरु भएको दाबी गरेको छ।

लक्जरी, इनोभेसन र लामो रेन्जको संयोजन

‘आईएम ६’ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्ज गर्दा ४५० किलोमिटरसम्मको दूरी पार गर्न सक्ने क्षमता राख्छ। ४५० एनएम टर्क र १७५ एमएम ग्राउन्ड क्लियरेन्स सहित यो गाडी कठिन भौगोलिक अवस्थाका लागि समेत उपयुक्त देखिन्छ।

स्मार्ट फिचर र सुरक्षामा ध्यान

गाडीमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), ३६० डिग्री क्यामेरा, रेइनी नाइट मोड, अन टच आईएड, र डिजिटल चेसिस जस्ता इनोभेटिभ फिचरहरू समावेश छन्। साथै,‘आईएम ६’ मा अत्याधुनिक ब्याट्री सुरक्षा प्रणाली छ, जसले गाडीलाई थर्मल समस्याबाट सुरक्षित राख्छ।

मूल्य र उपलब्धता

पाँच सिट क्षमताको यो लक्जरी इलेक्ट्रिक एसयूभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। ‘आईएम ६’ विभिन्न ६ आकर्षक रङ्गमा उपलब्ध हुनेछ।

कम्पनीले जानकारी दिएअनुसार, यो गाडी अर्को सातादेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’ मा प्रदर्शन गरिनेछ।

पारामाउन्ट मोटर्सका सुनिलबहादुर क्षेत्रीका अनुसार ‘आईएम ६’ ले नेपालको इलेक्ट्रिक गाडी बजारमा प्रविधिमैत्री, दिगो र भविष्यमुखी यातायात प्रणालीको मार्ग प्रशस्त गर्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार