‘सयमा तीन’ योजना : स्वदेशी टिस्यु पेपर उत्पादनलाई पियोर टिस्युको प्रोत्साहन

बुधबार, ०४ असार २०८२

इटहरी: स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुनसरीको इटहरीस्थित टिस्यु पेपरले “सय रुपैयाँमा तीन प्याक” भन्ने आकर्षक स्किम ल्याएको छ।

इटहरी १२ मा रहेको अरिहन्त अटो कोअगोरेसन लिमिटेडको स्वामित्वमा  सञ्चालित पिएर टिस्यु पेपर उद्योगले बजारमा ल्याएको यो योजना आगामी तीन महिना सम्म लागु हुनेछ।

उक्त कम्पनीका निर्देशक पारस लुनियाका अनुसार टिस्यु पेपरको उत्पादनमा प्रयोग हुने सबै कच्चा पदार्थहरू कम्पनी आफैँले उत्पादन गर्ने भएकाले पियोर टिस्यु नेपालमै पहिलो पूर्ण स्वदेशी टिस्यु उत्पादक कम्पनी हो भन्ने दाबी गरिएको छ। उत्पादनदेखि प्याकेजिङ्गसम्मको सम्पूर्ण प्रक्रिया स्वदेशमै गरिएको कम्पनीले जनाएको छ।

लुनियाले भने, “हामी स्वदेशमै उच्च गुणस्तरको टिस्यु उत्पादन गरिरहेका छौँ। ‘सयमा तीन’ योजना मार्फत हामीले गुणस्तरीय, सस्तो र पहुँचयोग्य उत्पादनलाई प्रवर्द्धन गर्न खोजेका हौँ।” उनका अनुसार, स्किम सकिएपछि पनि ग्राहकहरूलाई किफायती मूल्यमा टिस्यु उपलब्ध गराइनेछ। निर्देशक लुनियाका अनुसार विश्वका १० मुलुकहरूमा आगामी ५ बर्ष भित्रमा टिस्यु पेपर निर्यात गर्ने तयारी रहेको छ । 

pure

कम्पनीको उत्पादन क्षमता दैनिक एक लाख प्याकेट रहेको छ। यसले देशभरका माग पूर्ति गर्न सक्ने दाबी कम्पनीले गरेको छ। नेपालमा हाल करिब दुई दर्जनभन्दा बढी टिस्यु उत्पादक कम्पनीहरू छन् तर तीमध्ये सबैले कच्चा पदार्थ विदेशबाट आयात गर्ने गरेको अवस्थामा पियोर टिस्युले पूर्ण स्वदेशी विकल्प प्रस्तुत गरेको छ।

यो योजनाले स्वदेशी उत्पादनप्रतिको विश्वास बढाउनुका साथै सार्वजनिक स्वास्थ्य तथा स्वच्छताको क्षेत्रमा पनि उल्लेखनीय योगदान पुग्ने कम्पनीको विश्वास छ।

विश्वव्यापी रूपमा टिस्यु पेपरको माग निरन्तर बढ्दो छ। विशेषगरी कोभिड-१९ महामारीपछि सफाइ र स्वास्थ्यप्रतिको सचेतना बढेपछि टिस्यु पेपर (ट्याब्लेट टिस्यु, फेस टिस्यु, टोइलेट पेपर, किचन टावल आदि) को खपत उच्च दरमा बढेको छ। उत्तर अमेरिका, युरोप, चीन र भारत जस्ता मुलुकमा ठुलो उत्पादन र खपत छ। हरित उत्पादन (eco-friendly tissue)  र रिसाइकल टिस्युको ट्रेन्ड समेत बढ्दो छ।

नेपालमा पनि सहरीकरण र उपभोक्ताको जीवनशैलीमा आएको परिवर्तनसँगै टिस्यु पेपरको प्रयोग बढ्दो छ। होटल, रेस्टुरेन्ट, सपिङ मल, कार्यालय, अस्पताल लगायतका क्षेत्रहरूमा टिस्यु अनिवार्यजस्तै बन्दैछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार