ज्यान मार्ने उद्योगमा दोषी ठहर सांसद दीपक मनाङे पदमुक्त

बुधबार, ०४ असार २०८२
फाइल तस्बिर

काठमाडौँ : ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भइसकेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार उनलाई सांसद पदका लागि अयोग्य ठहर गर्दै पदमुक्त गर्ने आदेश दिएको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा बसेको इजलासले दीपक मनाङेले विवरण झुक्याएर प्रदेशसभा सदस्य बनेको ठहर गर्दै उम्मेदवार बन्ने नै अयोग्य रहेको निर्णय सुनाएको हो।

सांसद मनाङेलाई सर्वोच्चले दोषसिद्ध फौजदारी अभियोगमा सजाय भुक्तान गरिसकेको व्यक्ति उम्मेदवार बन्न नसक्ने प्रावधानअनुसार अयोग्य ठहर गरेको हो।

अधिवक्ता वीरेन्द्रराज कार्कीले उनी सांसद बन्न अयोग्य भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदकले मनाङेको पद प्रारम्भदेखि नै खारेज गर्न माग गरे पनि अदालतले फैसला भएको मितिदेखि मात्र पदमुक्त हुने आदेश दिएको छ। अदालतले रिट आंशिक रूपमा मात्रै अनुमोदन गरेको छ।

यो फैसलापछि गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका दीपक मनाङे अब स्वतः पदमुक्त भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार