खोटाङकी टिकटकर रमा बस्नेतलाई ३ दिनको म्याद थप

बुधबार, ०४ असार २०८२

काठमाडौँ : सामाजिक सञ्जाल टिकटकमा सरकारविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी रमा बस्नेतको हिरासत अवधि तीन दिन थप गरिएको छ।

काठमाडौँ जिल्ला अदालतले सोमबार उनलाई थप अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको हो।

खोटाङ स्थायी घर भई हाल राजधानीमा बसोबास गर्दै आएकी बस्नेतलाई प्रहरीले यही सोमबार साइबर ब्युरोबाट पक्राउ गरेको थियो।

टिकटक लाइभमार्फत उनले सरकार र राज्य संयन्त्रप्रति असभ्य तथा अपमानजनक शब्द प्रयोग गरेको भन्दै साइबर अपराध अन्तर्गत अनुसन्धान थालिएको हो।

हाल उनलाई दरबारमार्ग स्थित प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार