विराटनगरमा पूर्वप्रधानमन्त्री कोइराला र लायन्स संस्थापक मेल्भिनको सालिक अनावरण

बुधबार, ०४ असार २०८२

विराटनगर: विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमको प्राङ्गणमा नेपालका पूर्वप्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता मात्रिकाप्रसाद कोइराला र लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको अर्धकद सालिक मङ्गलवार एक समारोहबिच अनावरण गरिएको छ।

समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुली र लायन्स क्लब इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा सालिकको अनावरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै डाइरेक्टर बुर्लाकोटीले भने, 'मेल्भिन जोन्सले विश्वमा लायन्स क्लबमार्फत समाजसेवाको नयाँ पहिचान दिलाए भने, नेपालमा मात्रिका प्रसाद कोइरालाले सामाजिक न्याय र लोकतान्त्रिक मूल्यको आधार निर्माण गरे'।

यी दुई विभूतिको योगदानलाई सम्झिनु र सम्मान गर्नु हामी सबैको दायित्व हो।उनले समाजसेवा र नेतृत्वको क्षेत्रमा ती व्यक्तित्वहरू प्रेरणाका श्रोत रहेको स्पष्ट पारे।

लायन्स क्लब अफ इन्नोभेटिभ विराटनगरको आयोजनामा सम्पन्न उक्त सालिक निर्माणमा लायन अजिता बराल र पूर्वडिस्ट्रिक्ट गभर्नर भीम घिमिरेको विशेष सहयोग रहेको क्लबले जनाएको छ।

क्लब अध्यक्ष रन्जिता खनाल पराजुलीका अनुसार सालिक निर्माणको समन्वय तथा संयोजन आफैँले नेतृत्व गरेकी थिइन ।

सालिक निर्माणको मूल उद्देश्य सामाजिक परिवर्तनमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई सेवा, समर्पण र नेतृत्वतर्फ प्रेरित गर्नु रहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार