रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

मंगलबार, ०३ असार २०८२
File Photo

काठमाडौं : तीनकुने घटनामाको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो। मिश्र आफैं मंगलबार बिहान अदालतमा उपस्थित भएका थिए।

गत जेठ ११ गते तीनकुनेस्थित प्रदर्शनका क्रममा मिश्रसहित अन्य राप्रपा नेताहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध तथा एकीकृत कसुर अन्तर्गत चार वटा अभियोगमा मुद्दा दायर गरिएको थियो।

यसअघि सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जबरालाई पनि अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार