रौतहटमा महिन्द्राको नयाँ सेवा केन्द्र, अग्नि ग्रुपद्वारा २ एस सर्भिस सेन्टर उद्घाटन

बुधबार, १० बैशाख २०८२

काठमाडौं : अग्नि ग्रुप- बालाजु अटो वर्क्सले रौतहटमा महिन्द्राको नयाँ ‘टुएस’ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

नेपालका लागि महिन्द्राका आधिकारिक वितरक अग्नि ग्रुपले सेवा विस्तारमार्फत ग्राहकलाई सहज, सुलभ र स्तरीय सेवा दिने लक्ष्य राखेको छ। उद्घाटन समारोह २०८२ बैशाख १० गते गरिमा मोटर्स वर्कसपमा सम्पन्न भएको छ । 

कार्यक्रममा पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्राको सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठ, तथा गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरीसहित विभिन्न अतिथिहरूको उपस्थिति थियो।

समारोहलाई सम्बोधन गर्दै बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, ‘महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौँ । हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो । हामीलाई यो विश्वास छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ जसले महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुनेछ ।’

नयाँ सेवा केन्द्रले रौतहट तथा आसपासका क्षेत्रका महिन्द्रा गाडी प्रयोगकर्तालाई सहज पहुँच र समयमै सेवा दिने उद्देश्य राखेको छ। ग्राहकले सेवा बुक गर्न टोल-फ्री नम्बर १८१०५०००२५५ वा ९८०१५७१२१२ मा सम्पर्क गर्न सक्नेछन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार