इटहरी : राष्ट्रिय बाणिज्य बैंक इटहरी शाखामा नयाँ प्रबन्धकको रूपमा अर्जुन ढुंगानाको पदस्थापन भएको छ।
इटहरी निवासी ढुंगानालाई स्वागत गर्दै निबर्तमान प्रबन्धक बरुण कर्णले औपचारिक जिम्मेवारी हस्तान्तरण गरेका छन्।
कर्णको सरुवा बाणिज्य बैंकको प्रादेशिक कार्यालय बिराटनगरमा भएपछि ढुंगाना आजदेखि इटहरी शाखाको प्रबन्धकको रूपमा कार्यभार सम्हाल्न आएका हुन्।
ढुंगानालाई स्वागत गर्दै आयोजित कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उपस्थितहरूले ढुंगानाको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे।
प्रतिक्रिया