इटहरी : इटहरीमा मोटरसाइकल प्रेमीहरूका लागि आकर्षक अफरसहितको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा यही असार ८ गतेदेखि १३ गतेसम्म इटहरी मिलनचोकस्थित बुढी खोला छेउ, प्रणामी मन्दिर अगाडि यो मेला सञ्चालन हुने भएको हो ।
उक्त मेलामा ग्राहकहरूले पुरानो बाइक बुझाएर बजाएका नयाँ बाइकहरू सस्तो, सहज र विशेष छुटसहित फाइनान्समा खरिद गर्न सक्नेछन् ।
ग्राहकले नागरिकताको प्रतिलिपि मात्र देखाएर बाइक किस्ताबन्दीमा किन्ने व्यवस्था मिलाइएको छ । अब बाइक किन्न घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल,वा आयस्रोत प्रमाणपत्र पेस गर्नु नपर्ने आयोजक कम्पनीले जानकारी दिएको छ ।
मेलाका मुख्य विशेषताहरू :
शून्य सर्भिस चार्ज
एकै घण्टामा अन द स्पट लोन पास
निःशुल्क एसेसरिज
पुरानो बाइकमा विशेष मूल्याङ्कन : थप १० हजार रुपैयाँ बोनस
वार्षिक कर (२०८२/८३) निःशुल्क
बजाएका सबै नयाँ मोडलमा आकर्षक छुट
कम्पनीका अनुसार, मेलामा ग्राहकका पुराना बाइकको मूल्याङ्कन अनुभवी भ्यालुएटरहरूले गर्नेछन् । मूल्याङ्कन अनुसार ग्राहकले कम्पनीको तर्फबाट १० हजार रुपैयाँसम्म बोनससमेत प्राप्त गर्न सक्नेछन् ।
जुनसुकै ब्रान्डका बाइक वा स्कुटर लिएर एक्सचेन्ज मेलामा आउन सकिने र मूल्यका आधारमा नयाँ बजाज बाइक सजिलै प्राप्त गर्न सकिनेछ ।
बजाज अटो सिटी इटहरीका सञ्चालक प्रदीप सन्थलियाका अनुसार, यो योजना नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज मेलामध्ये एक हो । इटहरीका ग्राहकहरूका लागि यस्तो किसिमको योजना पहिलो पटक ल्याइएको पनि सन्थलियाले बताए ।
मेलाका बेला अत्यधिक भिडभाड हुने अपेक्षा गरिएको छ, र यस अवसरमा नयाँ बाइक खरिद गर्न चाहने ग्राहकहरूलाई समयमै जानकारीसहित उपस्थित हुन कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया