इटहरी : इटहरीमा सम्पन्न भएको मोटरसाइकल मेला सफल बनेको छ । मेलामा १५० भन्दा बढी मोटरसाइकल बिक्री भइसकेका छन् भने पाँच सय भन्दा बढी ग्राहकहरूको अवलोकन मेलामा भइसकेको आयोजकले जनाएको छ ।
बजाज स्वरुम इटहरीका प्रमुख जतिन पोखरेलले जनाएअनुसार मेलामा पुराना मोटरसाइकलमा उच्च मूल्यांकन पाएका ग्राहकहरू खुसी देखिएका छन् । एक ग्राहकका शब्दमा, “पुरानो बाइकको यति राम्रो मूल्य पाइन्छ भन्ने सोचेको थिइनँ, अब नयाँ बाइक सजिलै किन्ने निर्णय गर्न सकेँ।”
मेलामा ग्राहकहरूलाई सजिलो फाइनान्स सुविधा उपलब्ध गराइएको छ, जहाँ नागरिकताको भरमा नै शून्य सेवा शुल्कमा मोटरसाइकल किन्ने व्यवस्था गरिएको थियो । यो मेला अहिलेसम्मकै सबैभन्दा ठूलो अफरसहितको रहेको पोखरेलले बताएका छन् ।
बाइक खरिद गर्ने ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिएका छन् । साथै, मेलाबाट खरिद गरिएका बाइकहरूको आर्थिक वर्ष २०८२-८३ को कर समेत बजाज कम्पनीले तिर्ने व्यवस्था गरेको थियो । जसले ग्राहकको खर्च झनै कम बनाएको उनले बताए ।
पुराना बाइकको उच्च मूल्यांकन, सजिलो फाइनान्स, कर तिर्ने सुविधा, आकर्षक उपहार र ऐतिहासिक अफरहरूले मेलालाई अत्यन्त सफल बनाएको छ ।
प्रतिक्रिया