एडिनबरा : स्कटल्यान्डको राजधानी एडिनबरामा पहिलोपटक नेपाली समाजद्वारा आयोजित नेपाली मेला भव्य र सभ्यतापूर्वक सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त मेलाले नेपाली कला, संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्ने एउटा ऐतिहासिक अवसरको रूपमा पहिचान बनाएको छ ।
मेलामा स्कटल्यान्डका विभिन्न नेपाली समुदायहरूले संयुक्त रूपमा नेपाली सांस्कृतिक पहिरन झल्किने झाँकी, नृत्य, गीत संगीत र परम्परागत प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । कार्यक्रमले नेपालीपन, विविधता र साझा पहिचानलाई एकै मञ्चमा समेट्न सफल भएको सहभागीहरूले बताएका छन् ।
मेलामा नेपाली परम्परागत खानाका स्टलहरू, ढाका टोपी, चौबन्दी चोली, फरिया, र हिन्दू संस्कृतिमा विशेष अर्थ राख्ने शंख, रुद्राक्ष तथा काठ, ढुंगा र धातुमा कुँदिएका वस्तुहरू समेत प्रदर्शन तथा बिक्री गरिएको थियो ।
कार्यक्रममा स्कटल्यान्डमा बसोबास गरिरहेका विभिन्न पेशा र पृष्ठभूमिका नेपालीहरूबीचको सहकार्य झल्किएको थियो । मेलाले नेपाली समुदायबीचको एकता, सञ्जाल विस्तार र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको प्रतिक्रिया थियो ।
प्रमुख अतिथि घिमिरेले यस्तो पहलले विदेशमा नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै आयोजकहरूको प्रशंसा गरेका छन् । उनले यस्ता कार्यक्रमलाई दूतावासबाट सक्दो सहयोग पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया