शिक्षक आन्दोलन रोकिने संकेत, शिक्षक महासंघ आजै सरकारसँग वार्तामा बस्दै

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । ३ हप्ताभन्दा धेरै समयदेखि जारी शिक्षकहरूको आन्दोलन रोकिने संकेत देखिएको छ । यसअघि सरकारसँग वार्तामा बस्न अस्वीकार गर्दै आएको नेपाल शिक्षक महासँघ सरकारसँग कार्तामा बस्न तयार भएको छ । वार्ता आजै हुनेछ ।

सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नेछन् । वार्ता ३ बजेपछि सुरु हुने बताइएको छ । महासँघको तर्फबाट वार्तामा को-को बस्ने भन्ने महासंघले सार्वजनिक गरेको छैन । वार्ता मन्त्रालयमा हुने बताइएको छ ।

यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार