गण्डकी प्रदेश कप महिला फुटबल असार अन्तिम सातादेखि पोखरामा

मंगलबार, २३ बैशाख २०८२

पोखरा : गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पहिलो पटक राष्ट्रिय स्तरको गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार २८ गतेदेखि साउन ३ गतेसम्म पोखरामा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० बाट मिति स्वीकृति पाएपछि संघले तयारी सुरु गरेको छ। संघका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। 

महिला फुटबललाई प्राथमिकतामा राखेर पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिता गण्डकी प्रदेशको इतिहासमै महत्वपूर्ण हुने बताइएको छ।

गुरुङका अनुसार संघले महिला खेलाडी, प्रशिक्षक र रेफ्री विकासका लागि तालिम सञ्चालन गर्दै आएको छ र अब प्रतिस्पर्धात्मक फुटबलमार्फत दीर्घकालीन विकासमा जुट्ने योजना बनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार