इनरुवा प्रमुख भन्डारी डोजर लिएर सडकमा

मंगलबार, २० मंसिर २०७९
इनरुवा नगरपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । यस अघि ३५ दिने सुचना जरी गरिएको थियो भने अन्तिम पटकको ३ दिने सूचना समेत जारी गरिएको थियो । पटक पटकको सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएको हो । मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन् । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार