एमाले प्रदेश सदस्य पौडेल युवा संघको भेलामा कुटिए

बुधबार, २४ बैशाख २०८२
साङ्केतिक तस्बिर

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका छन् ।

अधिवेशन गर्ने र नगर्ने भन्ने विषयमा उत्पन्न विवादले दुई पक्षबीच झडप हुँदा पौडेल घाइते भएका हुन् । रोक्नुपर्छ भन्ने पक्षमा रहेका पौडेलमाथि अर्को समूहले आक्रमण गरेको बताइएको छ । हाल पौडेलको पर्वतस्थित शान्तिदीप अस्पतालमा उपचार जारी छ । उनको टाउकोमा चोट लागेको छ ।

राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्यसअघि जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो । तर झडप हुँदा यो भेला विथोलिएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार