१४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

विहीबार, २५ बैशाख २०८२

इस्लामवाद : जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतङ्कवादी मौलाना मसूद अजहरले ‘अपरेसन सिन्दूर’को हमलाका बारेमा मुख खोलेका छन् ।

काश्मीरको पहलगाम आतङ्कवादी हमलाको बदला लिन भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् ।

बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मे ७ को रातमा भारतले गरेको ‘अपरेसन सिन्दूर’ पछि परिवारका १४ सदस्य गुमाएका अजहरले आफूलाई कुनै पछुतो र निराशा पनि नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । उनले भने,  “बरु मेरो मनमा बारम्बार यही विचार आउँछ कि म पनि चौध सदस्यको यो खुसी कारवाँमा म किन सामेल हुन सकिन,” अन्तर्राष्ट्रिय आतङ्कवादीले भने, ‘उनीहरूको जाने समय आएको थियो, जानु भयो तर भगवानले उनीहरूलाई कहिल्यै मार्नु हुन्न।’ उनले यो भने कि मारिएकाहरू अल्लाहका पाहुना बनेका छन्।

५६ वर्षीय मसूद अजहर संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अन्तर्राष्ट्रिय आतङ्कवादीको सूचीमा रहेका छन् । भारतमा धेरै आतङ्कवादी हमलाको योजनामा ​​संलग्न रहेको उनी माथि आरोप छ।

जसमा मुख्यतया २००१ को भारतको संसद्मा हमला, २००८ को मुम्बई हमला, २०१६ को पठान कोट हमला र २०१९ को पुलवामा हमलालगायतमा उनको सहभागिता रहेको जनाउँदै आइएको छ।  यी अन्तर्राष्ट्रिय आतङ्कवादी पाकिस्तानमा रहेको कुरा ‘ओपन सेक्रेट’ भए पनि इस्लामाबादले बारम्बार उनीबारे कुनै जानकारी नभएको कुरा अस्वीकार गर्दै आएको थियो ।

‘आज राती, मेरो परिवारका दस सदस्यहरू सँगै यो खुसीको साथमा आशिष् पाएका छन्  । यसमा पाँच निर्दोष बच्चाहरू, मेरी जेठी बहिनी, उनको आदरणीय पति, मेरो विद्वान भतिजा र उनी पत्नी र मेरो प्यारो विद्वान भान्जी, मेरो प्यारो भाइ हुजैफा र उनकी आमा, दुई अन्य प्रिय साथीहरूले सहादात प्राप्त गरेका छन्, उनीहरूलाई अल्लाहले बोलाउनु भएको छ,’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार