सिन्धुली । तीनपाटन गाउँपालिका २ भिमस्थानको गौरीमा विहिबार विहान बोर्डिङ स्कुलका विद्यार्थीहरु बोकेको मारुती भ्यान दुर्घटना भएको छ । तीनपाटन १ बेलघारीमा रहेको गौरीशंकर वोर्डिङ स्कुलका विद्यार्थी बोकेको ना१च६६०२ नम्बरको भ्यान दुर्घटना भएको हो ।
दुर्घटनामा परि १७ जना बालबालिका घाईते भएको तीनपाटन गाउँपालिका १ का वडाअध्यक्ष गोविन्द राउतले बताए । घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा उपचार भईरहेको छ । उनका अनुसार घाईतेमध्ये ७ जनाको अवस्था अलि गम्भिर रहेकाले थप उपचारका लागि सिन्धुली अस्पतालमा रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार ओभरलोडका कारण गाडी दुर्घटना भएको हो । मारुती भ्यानमा २५ जना बालबालिका रहेका थिए ।
प्रतिक्रिया