सुनसरीमा भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु

शनिबार, २७ बैशाख २०८२
तस्बिर : मकालु खबर

काठमाडौँ : सुनसरीमा भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ ।

आज शनिवार बिहान ११:५० बजे सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

कोशी प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र २,०१.००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई सडकको किनारमा रहेको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको थियो तर अस्पतालले केही बेरमै उनलाई मृत घोषणा गरेका थिए ।

उक्त दुर्घटनामा भ्यानमा सवार अन्य दुई जना पनि घाइते भएका थिए ।

घाइते हुनेमा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की रहेकी छन् ।

घाइते भएका चालक कार्कीको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनकी छोरी रोजिना कार्की भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार