भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

विहीबार, २६ असार २०८२

काठमाडौँ । बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ५ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

भूकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भूकम्प गएको समय छोटो भए पनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।

यद्यपि, हाल सम्म कुनै पनि मानवीय हताहत वा क्षति भएको खबरहरू भने आएका छैनन् । तर त्यहाँको स्थानीय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार