गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित मुस्ताङ हिमाल पारीको जिल्ला भनेर चिनिन्छ । धवलागिरि र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा रहेको यो प्रकृतिको अनुपम दृश्य भएको मनमोहक एवं सुन्दर रहेको छ । चिनको तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। उच्च पहाडी दुर्गम हिमाली जिल्ला मुस्ताङमा उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी र दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोबास रहेको छ । गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् अन्य जातीहरूले हिन्दु धर्म मान्दछन् ।
प्रतिक्रिया